Wednesday 19th August 2026

नागालैंड विश्वविद्यालयमा एकदिवसीय राष्ट्रिय संगोष्ठी संपन्न


डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड विश्वविद्यालय लुमामी एवं इन्टर युनिवर्सिटी सेन्टर फोर यौगिक साइंसेज बेंगलुरुको संयुक्त तत्वावधान आज एक दिवसीय राष्ट्रीय संगोष्ठी संपन्न भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रूपमा थिए भने स्वागत अभिभाषण प्रो मिथिलेश कु सिन्हाजीले प्रस्तुत गरेका थिए भने आशिष कुमार हिन्दी अधिकारी संगोष्ठी संयोजकको रूपमा उपस्थित थिए ।
उद्धाटन सत्रमा आफ्नो वक्तव्य प्रस्तुत गर्दै प्रो परदेशीलाल ले भने कि मानव जीवनमा हावा पानीको त्यति नै महत्व हुन्छ ।यसरी नै योगको पनि जीवनमा महत्वपूर्ण भूमिका हुन्छ ।
उनले अगाडि थपे कि हामीले योगलाई जीवनमा उतारेर तनाव मुक्त जीवन बाँच्न सकिन्छ ।
उद्घाटन सत्रमा पीटर की द्वारा धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए ।
त्यस पछि पुनः तकनीकी सत्र सुरु भएको थियो ।जसमा डा माधुरी वर्मा, सुश्री नीलाक्षी वर्मा, सुश्री कोमल बेरी, डा कृष्णा र आलोक कुमार सिहले योग र मानव कल्याणका वर्तमान समयका विविध पक्षहरूलाई खंगालदै आफ्ना -आफ्ना शोधपत्र प्रस्तुत गरेका थिए भने गहन रूपमा चर्चा समेत भएको थियो भने सत्रको अध्यक्षता क्रमशः डा. लिखासे साङताम एवं प्रो. अथुङगो ओबुङले गरेका थिए ।
समापन सत्रमा डा. माओसाङजी कुलसचिव एवं परीक्षा नियन्त्रक नागालैंड विश्वविद्यालयमा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने आफ्नो वक्तव्यमा आधुनिक समयमा योगको भूमिका माथि सारगर्भित वक्तव्य प्रस्तुत गरेका थिए ।
यसरी नै प्रो मिथिलेश कुमार सिन्हाले योगका विविध पक्षहरूमाथि गहन वक्तव्य प्रस्तुत गरेका थिए ।
डा. दीपक भास्कर जीले सबै अनलाइन /अफलाइन श्रोताहरू लगायत सबैलाई धन्यवाद दिएका थिए ।
स्मरण रहोस् नागालैंड विश्वविद्यालय समय -समयमा संगोष्ठीको आयोजना गर्ने गर्दछ ।जो आफैमा एउटा इतिहास हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

प्रतिकृयाहरू
...