Tuesday 13th October 2026

मणिपुरमा वीर सावरकर पुस्तक माथि व्यापक चर्चा


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा स्वतंत्रता सेनानी वीर सावरकरको पुस्तक माथि व्यापक रूपमा चर्चा भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार नोर्थ ईस्ट इंटेलेक्चुअल फोरम द्वारा आयोजित समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि आजको समयमा हामीले वीर सावरकरको त्याग र राष्ट्रिय प्रेमको भावनालाई बुझनु जरूरी छ ।

आउने पीढ़िले उनको जीवनीलाई खंगालदै जीवन र सोचमा परिवर्तन ल्याउनुपर्ने कुरा पनि बताए ।
इंफालको जवाहरलाल नेहरू मणिपुर डान्स अकादेमीमा संपन्न भएको सो समारोहमा सावरकरको जीवनमाथि विभिन्न वक्ताहरूले व्यापक रूपमा चर्चा गर्दै विभिन्न पक्षहरूलाई खंगाले र जीवनमा अनुशरण गर्ने कुरा पनि गरे ।

यस समारोहमा विभिन्न स्कुलका विद्यार्थीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
—
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...