Saturday 10th October 2026

आइपीएल टी-२० १५ औं सिजनको उपाधि गुजरात टाइटन्सले जित्यो


गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यस पटक आइपीएलमा डेब्यु गरेको ​गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै विजेता घोषित भएको हो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए ।

आइपीएलको १५ औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् । यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...