Wednesday 14th October 2026

नागलैंडमा ऑखा विशेषज्ञ बिनाको चस्मा र पावर ग्लासका पसल बन्द गर्न स्वास्थ्य विभागले दियो आदेश


डा. हरिमोहन पोखरेल, कोहिमा / नागलैंडमा ऑखा विशेषज्ञ बिनाको चस्मा र पावर ग्लासका पसल बन्द गर्न स्वास्थ्य सेवा विभागले आदेश दिएको छ । नागालैंड राज्यको स्वास्थ्य सेवा विभाग द्वारा जारी एउटा विज्ञप्ति अनुसार नागालैंड राज्य अंर्तगत चलाइरहेका चस्मा र पावर ग्लास यानी ओपटिकल (optical ) का दोकानहरू चाॅडै नै बंद गरिनुपर्ने निर्देश दिएको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यमा कुनै पनि दोकानहरूमा नेत्र संबंधित विशेषज्ञ नरहेको र ओपटिकल यानी पावर गिलासहरू त्यसै बिक्री गरि रहेको कुरा पनि जानकारीमा आएको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि यसले गर्दा आम जनताका ऑखाहरू भने बिग्रन गएको र भविष्यमा नेत्र संबंधित गंभीर खतरा पैदा हुने कुरा पनि जनाएको छ ।
सरकारको स्वास्थ्य सेवा विभागले कोहिमा म्युनिसिपल काउन्सिललाई बताए अनुसार आगामी दिनहरूमा यस्तै लापरबाहीका साथ बेची रहेका चश्मा र पावर गिलासका दोकानहरूको ट्रेड लाइसेंस चाँडो भन्दा चाँडो रद्द गरिनुपर्ने कुराको पनि दिशा निर्देश गरेको छ ।
स्मरण रहोस् कोहिमामा यस्ता खालका दोकानहरू दिन प्रतिदिन बढ्दै गएको छ जुन भविष्यमा खतरा हुन सक्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...