Wednesday 14th October 2026

मणिपुरमा वैशाखी महोत्सव


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर संस्कृति सुरक्षा परिषद मणिपुर राज्य शाखाको तत्वावधानमा स्थानीय रोजेश हाईस्कूलको प्रांगण वैशाखी महोत्सव मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार कार्यक्रममा मणिकुमार लिम्बुले अध्यक्षा गरेका थिए भने श्रीमति मीना विष्ट प्रधान काङलातोङबी ग्राम पंचायत मुख्य अतिथि रहेकी थिइन् ।
मुख्य अतिथिको आसनबाट बोल्दै श्रीमती विष्टले भनिन कि हामीले समय समयमा यस प्रकारको कार्यक्रमको आयोजना गर्दै गर्नुपर्ने हुन्छ ।जसले गर्दा हामीले हामीहरूको संस्कृति र परंपरा पनि बचाएर राख्नु पर्छ ।उनले अगाडि भनिन कि हामीहरूले संघ संस्थाहरूको माध्यमबाट आफूलाई समाज संग जोडेर राख्नु पर्ने हुन्छ ।
साधारण रूपमा पालन गरेको सो कार्यक्रममा संस्थागत पदाधिकारीहरू उपस्थित थिए ।
कार्यक्रमको सञ्चालन सचिव हरिदास बस्नेतले गरेका थिए भने धन्यवाद ज्ञापन लेखक देवीप्रसाद थापा ‘मामा’ले गरेका थिए ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...