Thursday 15th October 2026

नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य जारी


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले विधानसभाको बजेट सत्रमा भने कि नागाहरूको राजनैतिक स्थाई समाधानको कार्य निरंतर रूपमा चली रहेको छ । हाम्रो प्रयास जारी छ तर समय न आउनजेल सम्म हामीले धैर्यता राख्नुपर्ने छ ।

श्री रियोले राज्यपाल प्रो. जगदीश मुखी द्वारा गतः शनिवारको दिन विधानसभामा प्रस्तुत धन्यवाद प्रस्तावको कुरा गर्दै उनले भने कि सबैको समय आउछ तर पर्खनुपर्ने हुन्छ । त्यसैले हामीले अब केही दिन फेरि पनि धैर्यता राखेर काम गर्नुपर्ने छ ।

राज्यमा बढी रहेको जिल्ला माॅगको कुरा गर्दै उनले भने कि भारतको डिलिमिटेसन कमिशनले दिएको गाइडलाइंस मुताबिक हामीले केही जिल्लाहरू वृद्धि गर्यौ । फेरि पनि माॅग हामीले राखेको छ । समयले साथ दिए मेलोरी सबडिभिजनलाई पनि जिल्लाको दर्जा दिइने छ । यसको लागि अन्य छिमेकी राज्यहरूसंग कुराकानी चली रहेको छ ।

उनले अगाडि थपे कि नागालैंडमा अब चाँडै नै यूएलबी(ULB )को चुनाव संपन्न हुनेछ जसमा महिलाहरूलाई पचास प्रतिशत आरक्षण दिएर उनीहरूलाई राजनैतिक समरसता दिने निर्णय गरेको छ । यसको लागि सबैले प्रयास जारी राख्नु पर्ने छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...