Sunday 16th August 2026

मणिपुरेली किरात संघद्वारा आगलागी पीडितलाइ सहयोग


डा. हरिमोहन पोखरेल, कोहिमा / मणिपुरेली किरात संघले आगलागी पीडितलाइ राहत सहयोग गरेको छ । संघद्वारा गतः ५ मार्च २०२२ को दिन काङपोकपी जिल्ला अन्तरगत दस माइल निवासी श्री पूर्ण बहादुर राईको घर आगलागीमा परि सबैथोक समाप्त भएको कारणले गर्दा अति दुःख व्यक्त गर्दै सहयोग गरेको हो ।

मणिपुरेली किरात संघका महासचिव श्री राजेन राईद्वारा जारी विज्ञप्ति अनुसार मणिपुरेली किरात संघले पीडित परिवारलाई तीन बोरा चामल, दस लिटर खाने तेल, पाॅच किलो नुन र दस किलो दाल सहित केही सहयोग राशि पनि दिएको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि उक्त सहयोग दिने क्रममा बोल्दै महासचिव राईले भने कि पीडित परिवारलाई ईश्वरले धैर्यता प्रदान गरून । यस बेला संघका सदस्य श्री पूर्ण बहादुर राई अति कष्टमा हुनु हाम्रो लागि पनि नराम्रो कुरा हो । मानिसको जीवनमा यस्तो समय ईश्वर सहाय नभए पनि संघ तपाईंको साथमा छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि यस अवसरमा मणिपुरेली किरात संघका केन्द्रीय समितिका सदस्यहरू पनि उपस्थित थिए भने इराङ शाखाका अध्यक्ष र सचिव लगायत युवा वर्गहरू पनि उपस्थित थिए ।

स्मरण रहोस् मणिपुरमा मणिपुरेली किरात संघ एउटा सक्रिय संस्था हो जसले धेरै ऐतिहासिक, सामाजिक र मानवीय सेवाका कामहरू गरी सकेको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...