Thursday 15th October 2026

नागलैंडका सबै वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर


डा. हरिमोहन पोखरेल,कोहिमा /आगामी दिनहरूमा नागालैंड राज्यको सबै वडाहरूमा अनिवार्य रूपले निःशुल्क स्वास्थ्य शिविर लगाइनु पर्ने सुझाव सरकारलाई दिएका छन ।

राज्यका स्वास्थ्य विभागको तीन महिने बैठकमा बोल्दै सीएमओ नागालैंडले भने कि कोविदको महामारी पछाडि हामीले गाॅउ र पंचायत भित्रको साधारण मानिसहरूको स्वास्थ्य माथि ध्यान दिएका छैनौ ।त्यसैको फलस्वरुप नै आज राज्यमा बिरामीहरू निरंतर बढी रहेका छन ।

उनले अगाडि भने कि सबै रोगको निदानको लागि आज स्वास्थ्य शिविरशिविरको आवश्यकता परेको छ । हामीले चांदमारी, जुबुजा, साकाबामा आदिमा मेडिकल कैम्प लगायौ त्यसरी नै आगामी दिनहरूमा कोहिमा शहर भित्र पर्ने सबै जग्गामा मेडिकल कैंप लगाइने छ ।

उनले अगाडि थपे कि हामीले कोविदको प्रोटोकल फोलो गरिनुपर्ने छ ।जीवनमा आफूले माॅकस लगाउने, हात धुने तथा छह गजको दूरी राख्दै खोप समेत पनि लगाउनुपर्ने छ ।
यस तीन महिने बैठकमा कोहिमा जिल्ला उपायुक्त ग्रेगरी थेजाखोले पनि उपस्थित थिए ।

स्मरण रहोस् प्रत्येक तीन महिनामा DPDB (डिस्ट्रिक्ट प्लानिंग एण्ड डेवलेपमेंट बोर्ड ) को बैठक हुन्छ ।जसमा जिल्ला विकास संबंधमा चर्चा गरिन्छ ।
—–
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...