Monday 21st September 2026

अब विदेशबाट नेपाल आउँदा पिसिआर रिपोर्ट नचाहिने


अब विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि सरोकारवाला मन्त्रालयलाई पठाइएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रु निर्वाध नेपाल आउन पाउने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डा. टाेकराज पाण्डेले  जानकारी दिए ।

लामिछानेका अनुसार नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले पछिल्लो ७२ घण्टाभित्रको कोरोना परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश गर्न पाउनेछन् ।नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको हकमा भने गन्तब्य मुलुकको कोभिड-१९ स्वास्थ्य मापदण्ड सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनुपर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयलाइ दिइएकाे छ ।मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार सरकारले यस्तो निर्णय गरेसँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय तथा मापदण्ड खारेज भएका छन् । नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ । यस सम्बन्धी एक सूचना बिहिबार नै अध्यागमन विभागले पनि जारी गरिसकेकाे छ ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...