Saturday 10th October 2026

मछिन्द्र फुटबल टिम बन्यो कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन २०७८


मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ ।

यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो । उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।

त्यस्तै मछिन्द्र फुटबल क्लबका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट बनेका उनले नगद ३ लाख प्राप्त गरे । फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए । ७ गोल गरेका उनले गोल्डेन बल र नगद २ लाख प्राप्त गरे ।

यस्तै मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उनले गोल्डेन ग्लोभ्स र २ लाख नगद पाए । आर्मीका दिनेश हेन्जन इमर्जिङ प्लेयर घोषित भए । उनले १ लाख ५० हजार प्राप्त गरे ।

फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले जितेको छ । विजेता टोलीलाई अर्थमन्त्री जनार्दन शर्मा लगाएतले पुरस्कार प्रदान गरे ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...