Friday 20th February 2026

नेपाल पनि यूक्रेन जस्तो टुक्रिन सक्छ


डा. अम्बरिश पोख्रेल- बिदेशीहरुको बुइ चढेर शासन गर्न खोजे पछि यूक्रेन जस्तो हुन सक्छ नेपालको भविष्य :

(क) न त यूक्रेन अब कहिल्यै भावनात्मक रूपमा रसियन बन्छ ।
(ख) नत अब त्यो स्वतन्त्र रूपमा रहन सक्छ !
(ग) शक्ति राष्ट्रको कठपुतली बनेर बस्न अभिसप्त हुने छ ।

२. यो परिस्थितिसम्म आइपुग्दा करिब १५ हज्जार युक्रेनियन जनताको हत्या (मृत्यु) भइसकेको छ। आज देखि पुन: नयाँ मृत्यु सुरु भएको छ ।

३. हालको लागि कम्तीमा पनि पूर्वी यूक्रेन (जस्तै: डनबस् क्षेत्र) रसियाले लिन्छ वा तुक्राइदिन्छ केही दिन वा महिना भित्र । रसियन संसद डुमाले राष्ट्रपति पुटिन समक्ष यही १६ तारिखको दिन सिफारिश गरिसकेको छ । पश्चिमी युक्रेनी जनता, रसियाको नयाँ प्रकारको दमनमा पर्नु पर्ने हुनसक्छ, यदि यूक्रेन रसियामा विलय भयो भने । त्यो भन्दा ठूलो पीडा के होला?

४. आफू नाटोमा सहभागी नहुने घोषणा आफै गर्नु, युक्रेनको लागि ठीक बाटो हो, हालको लागि ।

५. आफूलाई बेलगाम शक्ति ठानिरहेको अमेरीका तथा नाटोलाई खुला रूपमा आफ्नो शक्ति पुनरभासित गरेको खुला जानकारी प्रदर्शन गरिरहेका छन् पुटिनले ।

६. सारा विश्वलाई आज खुला रूपमा सबै प्रकारका (जस्तै: सुपर सोनिक, जसले आणविक हतियार बोक्न मिल्ने) मिसायलको डेमो ड्रिल गरेको कुरा बाहिर प्रसारण गरेका थिए । विश्वका थुप्रै टेलिभिजनहरुले प्रसारण गरेका थिए । परमाणु बम बोकेर निश्चित बिन्दुमा खसाल्ने विमानको स्वतः डेमो प्रसारण भएको थियो । अहिले पनि हेर्न सकिन्छ रेकर्डमा ।

७. घरको आगनमा नेटो आउने तयारी रोक्नु रसियाको आफ्नो सुरक्षा चासो हो । सबैले गर्ने त्यही हो । युक्रेनमा नाटो आउनु भनेको कम्तीमा पनि चार कुराहरू हुनु हो ।

(क) भौतिक रूपमै रसिया तीर मिसायल तेर्सो (ठाडो) पारेर राख्नु हो ।
(ख) यूक्रेनले क्रिमिया माथि हान्ने (पुन आफूमा समाहित) दाउ गर्नु हो ।
(ग) जर्जियालाई विद्रोहका लागि उकास्नु हो ।
(घ) अझ भित्र पट्टीको भूभागमा रहेका चेचेन् वीरहरूलाई पुन: बिद्रोहका लागि वातावरण तयार गरिदिनु हो ।

८. ठीक यही कुरा नेपालको हकमा लागू हुन्छ, भारत वा चिनियाँले सुरक्षा चासोको नाममा जहिले पनि नेपालमाथि धावा बोल्न सक्छन्, यदि हामीले यहाँ कुनै एक शक्तिलाई खेल्ने, घुस्ने वा हैकम जमाउने ठाउँ दियौ भने ।

९. हामी नेपालीले सबै प्रकारका शक्तिहरूलाई बराबरी दूरीमा राखेर विकाशको बाटोमा अघि बढे हुँदैन ?

१०. सत्ता, शक्ति र अकुत सम्पति आर्जन (पैशा) गरेर विदेशमा थुप्रो लगाउनको लागि, तीन करोड नेपाली जनताको भविष्यमाथि सधैं खेलवाड गरी राख्ने ? देशको इतिहास नै धारापमा पारेर विदेशी शक्तिको दलाली गरी राख्ने ?
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...