Tuesday 20th October 2026

कोरोना संक्रमण बढेपछि दिल्लीमा सप्ताहन्तका दुइ दिन पुरा समय कर्फ्यू लगाइने


कोरोना संक्रमण बढ्दै गर्दा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले सप्ताहान्तको दुई दिन शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरेको छ । शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको हो । कर्फ्यू शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लगाइने छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले मंगलाबर यसबारे जानकारी दिएका हुन् । विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै उनले अस्पताल लगायत अत्यावश्यक काम परेर बाहेक दुई दिन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये भारत पनि एक हो ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...