Tuesday 6th October 2026

कोरोना संक्रमण बढेपछि दिल्लीमा सप्ताहन्तका दुइ दिन पुरा समय कर्फ्यू लगाइने


कोरोना संक्रमण बढ्दै गर्दा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले सप्ताहान्तको दुई दिन शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरेको छ । शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको हो । कर्फ्यू शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लगाइने छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले मंगलाबर यसबारे जानकारी दिएका हुन् । विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै उनले अस्पताल लगायत अत्यावश्यक काम परेर बाहेक दुई दिन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

सरकारी कार्यालयहरू पनि अत्यावश्यक बाहेकलाई ‘वर्क फ्रम होम’ लागू गरिएको छ । निजी क्षेत्रका ५० प्रतिशतलाई कार्यालयमा र ५० प्रतिशतलाई ‘वर्क फर्म होम’को व्यवस्थाबाट सञ्चालन गर्न भनिएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये भारत पनि एक हो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...