Sunday 11th October 2026

चितवन काण्डमा नयाँ नजिर स्थापित गर


डा. अम्बरिश पोख्रेल- कसैलाई झापट हान्नु पनि अपराध हो । कृपया पुलिस र अदालतले नयां नजिर स्थापित गर । यस सम्बन्धी निम्न कुराहरू आकर्षित हुन आउँछन् भनेर भन्नु हुन्छ युवा विश्लेषक अंम्बरिश पोख्रेल ।

१.चितवनतिर एक जना दारु पानी पिएर मात्तिदै हिँडेका एक अर्ध वैसे छोरा छोरीको बाउलाई, तिघ्रे मुँघ्रे एउटा पसले साहुले हात हालेछ । अनि उनको तत्काल मृत्यु समेत भयो ।

२.मेडिकल पसल गरेर टन्न पैसा कमाई गरेर, मैमत्त भएको मेडिकल साहुले, रक्सी पियर हल्ला गरेको भनेर उक्त अर्ध वैसे मानिस माथि हात हालेको रहेछ ।

३. संसारभरिको चलन:
चित्त नबुझे पछि, जति पनि भनाभन गर्न पाइन्छ, झगडा गर्न पाइन्छ। रिस देखाउन नी पाइन्छ । अगाडि टेबल कुर्ची वा भित्तो जे छ त्यसमा हात वा खुट्टा वा टाउको अर्थात् मुड्की ठोक्न, बजार्न वा जस्तो सुकै प्रकारको शारीरिक हाउ भाउ गर्न पाइन्छ । त्यो प्रकारको हाउभाउ विश्व भरि चली आएको चलन हो ।

४. अरु संसारमा के पाइँदैन ?
तर उसको हाउ भाउले दोस्रो व्यक्तिलाई कुनै प्रकारको शारीरिक चोटपटक लाग्नु हुँदैन । अर्थात् त्यो नियतबाट उसले त्यो हाउ भाउ गर्न पाइँदैन । त्यो गरेमा अपराध हो । अझ कसैको मृत्यु समेत भयो भने त त्यो झन् ठूलो अपराध हो । यो विश्व व्यापी अपराध हो । उसले त मुक्का नै हानेको छ । पानीको पाइपले समेत हानेको कुरा आएको छ ।

५. अर्को के समेत पाइँदैन?
अझ केही देशहरूमा त, त्यसरी आफैले आफैलाई रिस पोख्न भौतिक रूपमा टेबल हान्न नी पाइँदैन आफ्नो घरको बाहेक । अरूलाई मुक्का त पर जाओस ।

६. चितवन काण्डमा मुक्का हान्ने पसले साहु, अपराधी मानसिकताको मान्छे रहेछ अर्थात् निर्धोलाई बल मिच्याई गर्ने दुष्ट प्रवृत्तिको मान्छे रहेछ भन्ने कुरा जान्न कुनै आईतबार कुर्नु पर्दैन ।

६. एक छिन सोचौं, मृतक हाम्रो आफ्नै घरको सदस्य हुनुहुन्थ्यो भने, मुक्का हानेर मृत्युको मुखमा धकेलेको मानिसलाई माफी दिन सक्नु हुन्छ ? कदापि सकिँदैन ।

७. फेरि कल्पना गर्नुहोस, आगामी दिनहरुमा ( जीवनमा के पर्छ, पर्छ, के थाहा?) म वा हामी वा आफ्नो घरको सदस्य कोही कतै कसैसँग कुनै कुरामा बाझा बाझ पर्यो, तर अर्को व्यक्ति बलियो बाङ्गो रहेछ, तपाईंलाई एक मुक्का जमाएर हान्यो अनि मृत्यु समेत भयो भने ? माफी दिने हिम्मत छ तपाईंको परिवारमा?

८. के जीवनमा कहिल्यै कसैसँग झगडा पर्न सक्दैन तपाईं हाम्रो ? एकछिनको लागि सम्झनुहोस्, म त कसैसँग झगडा गर्दिन । किन गर्नु झगडा, भनेर आफूले आफूलाई ज्ञानी बनाउनु भएको होला । राम्रो हो । तर बिना कारण अर्को व्यक्तिले तपाईंसँग जबर्जस्ती झगडा गर्न आयो, अनि उसैले जोडले मुक्का पनि हान्यो ! तपाईंको मृत्यु नभए नी, नर्भ सिस्टममा असर गर्यो र तपाईं जीवन भरीको लागि अपाङ्ग हुनु पर्यो भने के गर्नु हुन्छ ?
जाबो एक मुक्का हानेको होनी उसले, माफी दिन्छु भन्न सक्नु हुन्छ ?

९. त्यसैले, रक्सी पियर कसैले बोल्यो भन्दैमा, उसमाथि भौतिक आक्रमण गरी मृत्युमा पुर्याउनु सरासर अपराध हो । कडा भन्दा कडा सजाय दिनु पर्ने हुन्छ ।

१०. अझ यही घटनालाई लिएर नेपाल पुलिस र अदालतले एउटा नजिर स्थापित गर्नु पर्छ, ताकि आगामी दिनहरुमा, जति- जस्तो झगडा परेता पनि हात हाल्यो भने कडा सजाय हुन्छ भनेर ।

११. हेरौं पीडितको परिवारले थोरै भए पनि न्याय पाउने छन् । नजिर स्थापित हुने छ । हामी सबै सुरक्षित रहन सक्ने नयाँ वातावरण बनोस् ताकि मैं मत्त भएका चितवनको पसले जस्ता दुष्ट मानिसबाट कसैले पनि मुक्का खान नपरोस । काल पल्केको कुरालाई रोक्नु पर्छ ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...