Monday 14th September 2026

नेपाल हो जसलाई पर्यो पर्यो। धान भिजेर केही हुँदैन-डा. पोख्रेल


डा. अम्बरिश पोख्रेल- समस्या नं १:  धेरै वर्ष पछि (चालीसको दशक पछि अहिले) कार्तिक महिनामा मुसलधारे पानी पर्यो, केही किसानहरूको काटेको धान नराम्रोसँग भिज्यो मात्र होइन पानीमा ढाडियो ।

समाधान: केही दिन घाममा सुकाउनुस कृपया । सक्किगो नी । यही हो नेपाली किसानको समाधान।

समस्या नं २: उखु किसानले चार पाँच वर्षदेखि उखुको मूल्य बुझ्न पाएका छैनन् । तर उखु व्यापारीहरु (मिल मालिक) अमूक ठूला ठूला पार्टीका सांसदहरु छन् । चिनी व्यापारीहरुको पछाडि प्रशासन, नेता र चन्दा असुली गरिसकेका ठूला पार्टीहरु छन् । एक जना माइती घर मण्डलमा धर्ना दिन आएका किसानको मृत्यु समेत भयो। उनको मात्र दश लाख रुपैयाँ बाकी रहेछ !

समाधान: वर्षौ वर्ष किसानहरुलाई उनीहरूको पैशा ठगेरै (नदिएर) निराश बनाउने, अनि त्यो पैसा माया मार्न बाध्य पार्ने । यसरी नेपालमा कसैले पनि अरूको मानवीय संवेदनाको ख्याल समेत गर्ने वाला छैन । आफैले आफैलाई जबर्जस्ती बलियो बनाएर राख्नु वाध्यता छ ।

समस्या नं ३: कम्तीमा पनि विगत तीस_ बत्तीस वर्ष देखि नेपाल झन् पछि झन् आर्थिक रूपमा जर्जर अवस्थाबाट गुज्रँदै छ । रोजगारी माइनस तीर झरेको झरी छ । पचासौ लाख युवाहरु खाडी देखि कोरियसम्म कुल्ली रूपमा जान बाध्य पारिएको छ ।

समाधान: अर्को तीस बत्तीस वर्ष कुर्नुहोस्, कोही न कोही सपुत आउला (जन्मे ला) र देश निर्माणको महा अभियान सुरु गर्ला नी । अनि माथिका प्रतिनिधि घटनाहरू सम्बोधन गर्ने छ राज्यले । हाम्रो छोरा वा नातिको पाला ?

अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...