Friday 3rd July 2026

मौसमको बारेमा मौसमविदहरुको वर्गीकरण


डा. अम्बरिश पोख्रेल- के नेपालमा पनि मौसमको राम्रो भविष्यबाणि गर्न सक्ने बिज्ञहरु छन् नेपालमा भन्ने हाम्रो जिज्ञासामा मौसमविद् अंम्बरिश पोख्रेल सरले यसरी वर्गीकरण गर्नु हुन्छ । वर्गीकरण निम्न अनुसार निम्न स्तरमा भविष्य बाणी हुने गर्दछ ।

१. आज पानी पर्छ होला, जो कोहीले जान्दछ ।

२. भोलि पानी पर्नसक्छ, पहाडतिरका राम्रा किसानहरुले मजाले जान्दछन् । वा केहीदिनमै पर्ने वाला छ, जान्दछन् । तराईले जान्दैनन्, कारण विशेष आधार लिने ठाउँ हुँदैन त्यहाँ ।

३. पर्सी पानी पर्न सक्छ, मौसम विज्ञानका राम्रा विद्यार्थीले जान्न सक्छ ।

४. चौथो र पाँचौं दिन पानी पर्न सक्छ वा पर्छ राम्रो राम्रो विज्ञले मात्र जान्न सक्छ, इन्टरनेटको सहयोगबाट पनि अहिलेको दुनियामा, तर आधारभूत तथ्याङ्क राखिएको छ भने।

५. अर्थात्, विज्ञहरु मात्र होइन, आफ्नै सुविधा सम्पन्न साधन स्रोत लिएर वा उपलब्ध भएको स्रोत, नियमित रूपमा त्यही क्षेत्रमा काम गरिरहेको वा चासो राखिरहने विज्ञले जान्दछ ।

६. तेस्रो, चौथो र पाँचौं दिनका लागि, त्यो स्रोत (नम्बर ५) प्रयोग गरेर वा आधारभूत तथ्याङ्क वा सूचनाको सम्प्रेषण गर्ने कला र अनुभवी मात्र होइन, सम्बन्धित ठाउँको इतिहास थाहा भएको तर त्यही क्षेत्रमा काम गरिरहेको एकल विज्ञले समेत जान्दछ ।

७. छैटौं र सातौं दिनको लागि, ४,५ र ६ नम्बर बुँदाको अनुभवी विज्ञहरुले आफ्नो कला, कौशल,अनुभव र उक्त ठाउँको पूरै इतिहास गरी यी चारै कुराहरूको समुचित प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात् नम्बर ६ अनुसारका बिज्ञहरु चाहिन्छ।

८. मुख्य कुरा पाँचौं, छैटौं र सातौं दिन पानी पर्न सक्छ वा सक्दैन भनेर भन्नको लागि, ५ वा ६ नम्बरहरु साथै सम्बन्धित जिल्ला, अञ्चल, प्रदेश, क्षेत्र वा सिंगो देशको निम्ति यही क्षेत्रमा काम गरिरहेको जिम्मेवार, जवाफदेही तथा उत्तरदायित्व महसुस गर्ने विवेकशील विज्ञहरुले मात्र भविष्यबाणी गर्न सक्छ वा सक्छन् ।

९. त्यो भन्दा पछाडिको भविष्यबाणी गर्न को निम्ति पनि ५ र ६ नम्बरको विज्ञहरु चाहिन्छ तर बुँदा नं ८ हुँदैन । जस्तै आउँदो वर्षको सिंगो मनसुन कस्तो हुने हो भनेर केही महिना अगाडि वा हप्ता अघि नै भविष्यवाणी गरिन्छ । यो विशेष गरी विज्ञहरुको एउटा ठूलो समुहले सामूहिक रूपमा गरिने सैदान्तिक भविष्यबाणी जस्तै हो । खासमा यो एक प्रकारको रोमाञ्चकारी वर्षाती यात्रा गर्ने कोसिस हो अहिलेसम्मको लागि।

१०. त्यसैले मौसमको बारेमा दुई प्रकारले बताउन सकिन्छ, एउटा Weather 🌡️ Forecast र अर्को Weather Prediction भनेर भन्नुस अहिलेलाई । यो मेरो आफ्नै अनुभवको आधारमा सतही वर्गीकरण हो । जस्तै ४ र ६ लाई परिमार्जन गरी अझ परिष्कृत गरेर वर्गीकरण गर्न पनि सकिन्छ । नेपाल कुन स्टेपमा रहेको छ, व्यक्तिअनुसार तपाईंहरूले फरक अनुभव गर्नु भएको पनि हुनसक्छ ।
अस्तु ।
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...