Saturday 10th October 2026

फाइनलमा प्रशिक्षक अलमुताइरी र अन्जन विष्टलाई प्रतिबन्ध


तितोपाटी- नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।

उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले भने नरहने भएका छन् ।

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो ।

बंगलादेशविरुद्धको खेल पछि प्रशिक्षक अलमुताइरीले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर, त्यसको एकदिनपछि उनलाई साफले प्रतिबन्ध लगाएको छ ।

प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका विष्टले पनि दुई पहेँलो कार्ड खाएपछि फाइनल खेल गुमाउने भएका हुन् । उनले भारतविरुद्ध खेल र बंगलादेशविरुद्ध खेलमा पहेंलो कार्ड पाएका थिए ।

भारतीय प्रशिक्षक स्टिमेकले पनि फाइनल खेल गुमाउने भएका छन् । उनले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनले फाइन खेल गुमाउने भएका हुन् । अब स्टिमाच र अलमुताइरी दुवैले खेल दौरान बेन्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् । एक प्रकारले दुवै दर्शक हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...