Thursday 25th April 2024

फाइनलमा प्रशिक्षक अलमुताइरी र अन्जन विष्टलाई प्रतिबन्ध


तितोपाटी- नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।

उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले भने नरहने भएका छन् ।

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो ।

बंगलादेशविरुद्धको खेल पछि प्रशिक्षक अलमुताइरीले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर, त्यसको एकदिनपछि उनलाई साफले प्रतिबन्ध लगाएको छ ।

प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका विष्टले पनि दुई पहेँलो कार्ड खाएपछि फाइनल खेल गुमाउने भएका हुन् । उनले भारतविरुद्ध खेल र बंगलादेशविरुद्ध खेलमा पहेंलो कार्ड पाएका थिए ।

भारतीय प्रशिक्षक स्टिमेकले पनि फाइनल खेल गुमाउने भएका छन् । उनले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनले फाइन खेल गुमाउने भएका हुन् । अब स्टिमाच र अलमुताइरी दुवैले खेल दौरान बेन्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् । एक प्रकारले दुवै दर्शक हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...