Friday 25th September 2026

सीता बिष्ट कार्की (सीबिका)का दसैँ विशेष षड्ऋतुहरु


दशै विशेष षड्ऋतुहरु

१)शुन्दर बिहान
दसैंको दिनमा
उमङ्ग मनमा
विश्वास लिनेछौ
विजयी हुनेछौ
देवीको भक्तिले

२)जयन्ती मङ्गला
काली भद्रकाली
अनि कपालीनि
यी मन्त्र पढेर
दिइ आशिर्वाद
शान्तिको संवाद

३)शुक्ल प्रदाबाट
शुरु नि भएको
नेपालीको चाड
दशै हो महान
संस्कृति हो शान
मालश्री हो गान

४)बादल भाग्दैछ
शरद जाग्दैछ
बोकेर उमङ्ग
फुलेर चमेली
झुलेपछि बेली
सयपत्री दङ्ग ।

५)हाँसीखुसी बनी
देवी मन्त्र पढौ
दुर्गाभवानीले
सर्व रक्षा गरून्
सद्बभावना छ
शुभकामना छ ।

सीता बिष्ट कार्की (सीबिका)
काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...