Thursday 22nd January 2026

अविरल वर्षाका कारण पटक पटक डुबानमा सर्लाही औरहीका प्रहरी चौकी


किसन साह, सर्लाही – अविरल वर्षाका कारण सर्लाही चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी पटक पटक डुबानमा परेको छ।पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्।

चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको र चौकी होचो भइदिँदा बजारभरिको पानी यहाँ आएर जम्ने गरेको त्यहाँका प्रहरी इन्चार्ज धिरेन्द्र झा बताएका छन्।उक्त स्थानलाई अग्लो पार्न नसकिँदा पनि चौकीबाट पानी निकास हुन नसकेको हो ।

भवन पुरानो संगै जलमग्न भएकाले यहा सर्प र किराको जोखिम बढेका कारण अहिले उनीहरु नेपाली काग्रेसका प्रत्यासी चक्रघट्टा गा. पा. प्रमुख राम जी प्रसाद साहको निजि घरमा बस बस्न बध्य भएका चौकी इन्चार्ज झा ले बताएका हुन । झा का आनुसार थोरै वर्षा भए पनि यहाँ चौकी भरी पानी पस्दछ । हामी ले पटक पटक पम्पसेट लगाएर पानीको निकस गर्नु पर्छ, चौकीमा हाल प्रहरी र स्थानीयको सहयोगमा पम्पसेट लगाएर पानी निकास गर्ने काम भैरहेको छ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...