Thursday 19th February 2026

वाह!कति स्वादिष्ट टर्कीको छोइला


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-मिठो र स्वादिष्ट चिज खाने सबैको इच्छा हुन्छ, त्यो पनि आफ्नै घरमा । त्यसमा पनि परिवार र आफन्तको साथको त झन् छुट्टै मज्जा।हामीले जति नै विदेशी परिकार खाए तापनि जिब्रोमा झुण्डिने भनेको आफ्नै मौलिक खाना हुने रहेछ । अझ पछिल्लो समय त विदेशीले पनि नेपाली रैथाने खानालाई निकै चाख दिएर खान थालेका छन् ।

नेपालका धेरै मौलिक खानाहरूमध्ये नेवारी समाजमा प्रसिद्ध छोइला भनेपछि नेवारको मात्र होइन, गैरनेवारको पनि मुख रसाउँछ।पछिल्लो समय छोइला भेज वा ननभेज गरी धेरैथरिको बनाउन थालिएको छ । नेवारी संस्कारमा राँगाको मासुको हाकु छोइला परापूर्वककालदेखि नै प्रख्यात छ । तर हामीले यहाँ चर्चा गर्न लागेको भने टर्कीको हाकु छोइला हो । राजधानी काठमाडौंमा हाँस र चिकन छोइला पनि त्यतिकै प्रसिद्ध हुँदै गएको छ ।

टर्की छोइला बनाउँदा चाहिने सामग्रीः

टर्कीको हड्डी नभएको मासु आधा किलो, सुकेको खुर्सानी ४–६ पिस, अदुवा १५ ग्राम, लसुन ३० ग्राम, तोरीको तेल १५ एमएल वा ३ चिया चम्चा, मेथी आधा चिया चम्चा, टिमुरको धुलो आधा चिया चम्चा, हिमाली नून स्वाद अनुसार, पोलेको गोलभेडा ३ पिस, हरियो लसुन २ पोटी, धनियाँ आधा मुठा, बेसार आधा चिया चम्चा, टिमुरको तेल २ ड्रप

टर्कीको छोइला बनाउने विधिः

थोरै नून र बेसार हालेर डाइस या स्ट्रिपमा काटेको टर्कीलाई हल्का बफ्याउने र छान्ने । केहीबेर सुक्खा गरेर प्यान या ग्रिलरमा राम्ररी डाम्ने र केहीबेर एक साइड लगाएर राख्ने । सुक्खा प्यानमा सुकेको खुर्सानी, टिमुरलाई भुटेर एक साइडमा राख्ने । लसुनको केस्रा छुट्याउने र बोक्रासहित पोल्ने, अदुवालाई पनि बोक्रासहित आगोको फ्लेमा पोलेर दुवैलाई पखाल्ने । साना–साना गोलभेडालाई पनि पोलेर निकाल्ने । भुटेको तोरीको तेलमा राखेर पोलेको लसुन, पोलेको खुर्सानी, टिमुर, गोलभेडालाई मज्जाले सिलाउटो या ब्ल्यान्डरमा पिस्ने । यसरी बनेको मसलालाई छोइला मसला पनि भनिन्छ ।

टमाटर नहाली पिस्ने हो भने यो लामो समयसम्म प्रयोग गर्न सकिन्छ । डामेको टर्कीको मासुमा हिमाली नून, छोइला मसला हालेर मज्जाले मुछ्ने र तोरीको तेलमा मेथी, बेसारले झान्ने । अन्त्यमा काटेको हरियो लसुन, धनियाँ हालेर स्न्याक्स या खाजाको रूपमा ताइचिन चिउरासँग खान सकिन्छ ।

टर्कीको मासुजस्तै गरी चिकनको, मटनको, हाँसको, पनिरको, तोफुको, मस्याउराको, निहुरोको, च्याउको, माछाको, झिङ्गे माछाको, कालिजको, अस्ट्रिचको लगायतको सहज रूपमा छोइला तयार गर्न सकिन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...