Thursday 25th April 2024

बाढी सम्बन्धी ५६ उदकहरू


नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा ‘उदक’ देखा परेको छ ।  ‘उदक’ को शाब्दिक अर्थ जल अर्थात् पानी हो । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ । पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या र निष्कर्षमा पुर्याइने कविताको उप-विधाअन्तर्गत काव्यको एक लघुत्तम रुप नै ‘उदक’ हो । ‘उदक’ का प्रवर्तक आर्त अकुलीन हुन् ।

“उदक साहित्य यात्रा/उदक संवाद समूह” को मिति २०७८ साल असार ५ गते शनिबारको अभ्यासमा दिइएको तस्बिर अनुसारको गहन भाव झल्कने गरी उदक स्रष्टाहरूद्वारा लेखिएका उदकहरूलाइ यहाँ समावेश गरिएको छ ।

प्रवर्तक आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त  गर्दै तीतोपाटी डट कम लाइ तपसिल बमोजिमका उदकहरू उपलब्ध गराएका हुन् ।


खोलो
बाटो बिरायो
घर खेत खायो !
कृष्ण दास जोशी, Maryland, USA


प्रकोप
विपतको पीडा
अविरल आमाको आँसु !
आर्त अकुलीन, कैलाली


मेलम्ची
प्रकोपको समयमा
नगरौँ कसैले खेलाँची !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे


मेलम्ची
हिजोको शहर
आज भएको खण्डहर !
खड्गबहादुर गुरुङ, कैलाली 


विपत्ति
खोस्यो खुसी
बगरमा परिणत बगैँचा !
शिव खनाल ‘जीवम’, स्याङ्जा


सपना
जिन्दगी निन्द्रामै
भाेकले हात पसारिरहेछ !
जनार्दन धड्कन, पाल्पा


वर्षा
उदास बस्ती
शोक सारा हस्ती !
सागर कुस्मी, कैलाली


बाढी
जनजीवन प्रभावित
करोडौंको सम्पति विनास।
लक्ष्मी बस्याल, बर्दिया


विरायाे
अनेक सपना
मन मस्तिस्कमा लुकायाे !
राेशन पराजुली, धरान

१०
विपत
प्राकृतिक प्रकाेप
कमजोर भाैगाेलिक धरातल !
नारायणप्रसाद उपाध्याय, कैलाली

११
प्रकोप
प्राकृतिक मानवकृत
आक्रोश प्रकट स्वभाविक !
अगस्टीन राई, पूर्व सिक्किम, भारत

१२
नदी
किनारमा सहर
बाढी आउँदा बगर !
हिमाल अम्मै, कैलाली

१३
नदी
किनारमा सहर
बाढी आउँदा बगर!
भीमराज अम्मै, घोडाघोडी-१०, पहलमानपुर, कैलाली

१४
प्रकृति
जन्मसँगै मृत्युु
अचम्मको दैवको लीला !
जय धामी, बझाङ

१५
विपत्ति
प्राकृतिक प्रकोप
सधैं सताउँने हामीलाई !
सुशीला पाैडेल, काठमाडौं

१६
सिन्धुपाल्चोक
सुन्दर सहर
एकै रातमा बगर !
चन्द्र उपाध्याय, कैलाली

१७
प्रकृति
हाम्रो सम्पत्ति
सहन सकिनन् विकृति !
दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं

१८.
विज्ञान
प्रकृतिको विजय
विनाश आतङ्क सङ्घार !
कण्ठराज गिरी, टीकापुर, कैलाली

१९
प्राकृतिक
बाढी पहिरो
बढ्ने मानवीय हस्तक्षेपले !
रामचन्द्र ढकाल, चितवन

२०
छेक
बाढीले बगाउँछ
सेक सर्वदा सघाउँछ !
नारायण खनाल, मालारानी, अर्घाखाँची

२१
बाढी
बनायाे खाडी
रुँदैछे आज मेलम्ची !
खलवीर नाराज, तानसेन

२२
दोहन
बालुवा गिट्टी
प्रकृति रिसाइन अति !
मङ्गला उपाध्याय, कलैया-१, बारा

२३
विपत्ति
प्राकृतिक प्रकोपले
जनमानसमा सधैँ आपत्ति !
सरस्वती श्रेष्ठ, इटहरी

२४
बाढी
आँसुको भेल
विचित्र दैवको खेल !
वसन्त अनुभव, घोराही-१४, दाङ

२५
विकास
डोजर आतङ्क
विपत्ति निम्त्याउने यन्त्र !
राम न्यौपाने ‘बिन्ती’, कैलाली

२६
निर्माता
कता लुकेछन्
सक्रिय छन् संहारकर्ता !
दामोदर ढकाल, काठमाडौं

२७
प्रकृति
उमङ्ग रोदन
खुशी अनुमोदन छेदन !
अबोध निर्मल, कैलाली

२८
पीडा
मनको व्यथा
अनगिन्ती आन्तरिक कथा !
मञ्जु पौडेल, दाङ

२९
झरी
नपरिदेउ यसरी
मुटु चुँडिने गरी !
प्रकाश सदाशङ्कर, कैलाली

३०
प्रकृति
कुर्लेर देखाउँदै
विपत्तिमा अनेक विपत्ति ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

३१
प्रकृति
दिँदैछ चुनौती
मानव घटाउ बिपत्ति !

श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी 

३२
प्रकृति
मिचियाे आकृति
खोलीको आफ्नाे बाटाे !
सविता के.सी., काठमाडौं

३३
प्रकाेप
इन्द्रावती रिसाउँदा
मानव आतङ्ककाे परिणाम !
बलराज गिरी, कैलाली

३४
बगायो
बर्खामा जोगिनु
एउटा सन्देश जगायो !
बादल गुरुङ वियोगी, सङ्खुवासभा

३५
प्रकृति
नचलाऊ धेरै
नत्र ल्याउँछ विपत्ति !
रमेश प्रभात, चितवन

३६
बाढी
घरबार विनाश
सरकारका छाेटा हात !
सोमनाथ लुइटेल ‘रवि’, पाल्पा

३७
आषाढ
प्रारम्भ विनाशकारी
नहोस् अब बर्षभरि !
ज्योति भट्टचन, पोखरा

३८
बाढी
आएर बिपत्ति
मास्यो सम्पूर्ण सम्पत्ति !
मङ्गला उपाध्याय, कलैया

३९
विपत्ति
आयो कसरी
सबै मेलम्ची बगायो !
सुमित्रा पोखरेल, काठमाडौं

४०
असार
उर्लियो नदी
धन जन क्षति !
समुन्द्रा शर्मा, इटहरी

४१
कालो
उदायो सूर्य
उजाडिँदै निर्धाको वस्ती !
पार्वती भट्ट, कैलाली

४२
पहिरो
सिन्धुलाई चोट
परेछ धेरै गहिरो !
सरस्वती श्रेष्ठ, रुपन्देही

४३
ताकत
बाढीमा छाेपिएछ
जीवन मरणको लागत !
रामकृष्ण दवाडी, पोखरा

४४
रुवायो
उजाडियो वस्ती
निभायो बलेको बत्ती !
टुकादेवी आचार्य, शुक्लागण्डकी, तनहुँ

४५
बाढी
समयको खेल
गाउँघरमा उर्लँदाे भेल !
मनोज थापा, कैलाली

४६
पानी
प्राण प्राणीको
प्रतिकूल प्रध्वंसी परिस्थिति !
रोहिणी तिमसिना

४७
फुर्कियो
खहरे छिल्लिँदै
मानव वस्तीमा कुर्लियो !
गोविन्द खनाल, स्याङ्जा

४८
विपत्ति
प्राकृतिक प्रकोप
निर्जन बस्ती विडम्बना !
दीपकराज गौतम, कैलाली

४९
प्रकृति
गड्गडाहटले
निम्त्यायो मनुवा विपत्ति ।
दाहाल कल्पना, काठमाडौं

५०
विपत्
बाढिको पीडा
नेता कुर्सीको क्रिडा !
बुद्धिप्रसाद लामिछाने, कैलाली

५१
बाढी
प्रकृतिको खेल
धन जनको क्षति !
हीराचन्द्र अधिकारी, कैलाली

५२
लालच
रोकावट धृष्टता
हाल बेहोर्दै नतिजा !
एसबी देशभक्त, लमही, दाङ

५३
क्षती
नदी उर्लियो
क्रमशः आकाश पोखियो !
पुष्पा सायरा, बिराटनगर

५४
सिन्धुपाल्चोक ,
बिल्लिबाठ उठिबास
मनसुनले पारेको सत्यानास !
कमला देवकोटा, पाल्पा

५५
सिन्धुमा
डुबे सपना
विपत्ति उच्च बिन्दुमा !
चन्द्रकला अधिकारी, पाँचथर

५६
बाढी
पीडामा पीडा
हरेक वर्षको जस्तै !
कविता आचार्य, कैलाली


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...