Friday 19th April 2024

रोनाल्डोको कीर्तिमानी गोल, अन्तिम ६ मिनेटमा तीन गोल गर्दै पोर्चुगल विजयी


तीतोपाटी डटकम-काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे ।

लगातार पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीसमेत बनेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई पछि पार्दै गोल संख्या ११ पुर्‍याए । खेलअघि रोनाल्डो र प्लाटिनीको समान ९ गोल थियो । ८७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए।

बुढापेस्टस्थित पुस्कास एरेनाले घरेलु दर्शकको साथ पाएको हंगेरीले ८३ मिनेटसम्म पोर्गुचललाई गोल गर्नबाट रोकेको थियो । तर पोर्चुगलले खेलाडी परिवर्तन गरेपछि खेलको गति पनि परिवर्तन भयो । ८१औं मिनेटमा प्रशिक्षक फर्नान्डो सान्तोसले डिएगो जोटाको स्थानमा आन्द्रे शिल्भा र विलियम कार्भाल्होको स्थानमा रेनाटो सान्चेजलाई मैदान प्रवेश गराएका थिए ।

८४औं मिनटमा राफेल गुरेइराले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनलाई ७१औं स्थानमा बर्नार्डो शिल्भाको स्थानमा मैदान प्रवेश गरेका राफा शिल्भाले पास दिएका थिए ।८७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे भने सर्वाधिक गोलकर्ताको कीर्तिमानसमेत बनाए । राफा शिल्भालाई नै हंगेरीका ओर्बानले फाउल गर्दा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरे ।

रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले ३-० को जित हात पारेको हो।ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । यस समूहमा विश्वविजेता फ्रान्स र जर्मनीसमेत छन् ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...