Saturday 10th October 2026

आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो


तीतोपाटी डटकम-२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुरुआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले मंगलबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो ।

समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए ।

म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा हुम्ल्सले आफ्नै पोष्टमा गोल गरेक थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

ग्रुप अफ डेथको रुपमा रहेको समूह एफमा यस जितपछि फ्रान्सले ३ अंक जोडेको छ । त्यसअघि साविक विजेता पोर्चुगलले हंगेरिलाई ३-० ले पराजित गर्दै ३ अंक जोडिसकेको छ ।

अब अर्को खेलमा फ्रान्सले हंगेरी तथा जर्मनीले पोर्चुगलसँग खेल्नेछ । दुवै खेल जुन १९ मा हुनेछ ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...