Thursday 28th March 2024

नेपाली टोली स्वदेश फर्कँदै


तितोपाटी- सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो ।

कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार स्वदेश आइपुग्ने भएको छ । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं ओर्लने जनाइएको छ ।
छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।
नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि ३–० ले पराजित भएको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलबाट ६ अंक मात्र जोड्यो ।

बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...