Wednesday 14th October 2026

प्रचण्ड भन्छन्- यो सरकार धेरै दिन टिक्दैन


तितोपाटी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

शनिबार नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने बताए ।
‘हामी नयाँ सरकार गठनको प्रयासमा छौँ,’ प्रचण्डले भने, ‘म आशा गर्दछु केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’ प्रचण्डले आफूहरू जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको बताए । उनले अहिले विचित्रको स्थिति बनेको भन्दै मुलुकमा अराजकताको कालो बादल मडारिएको बताए । नयाँ सरकार बनाएर आफूहरू यसलाई सच्याउन लागेको प्रचण्डको भनाइ थियो । ‘नयाँ सरकार गठन गरेर त्यो सरकारमार्फत यो बीचमा भएका ज्यादतिहरूलाई सच्याउन चाहन्छौँ,’ उनले भने, ‘यदि नेपाली जनतालाई बाध्य पारियो, तपाईं हामी सबैलाई बाध्य पारियो भने त्यसको प्रतिवाद सिंहदरबारभित्रैबाट, ७७ जिल्लाबाटै गर्नुपर्ने अवस्था आउन पनि सक्छ ।’ मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरूले पुनर्मिलन चाहेको प्रचण्डले बताए । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...