Wednesday 31st December 2025

साउनदेखि बूढाबूढीको भत्ता बढ्छ, अब मान्छेलाई निद्रा लाग्दैन-प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अलिकति बढ्ने बताएका छन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् ।‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै । साउन १ गतेबाट लागू हुने गरी बढ्छ फेरि ।’

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । प्रधानमन्त्री ओलीले साउनदेखि अलिकति बढाइने बताए पनि पाँचै हजार पु¥याउने चाहिँ भनेनन् । बरु प्रधानमन्त्रीले आफ्ना विपक्षीप्रति आक्रोश पोख्दै वृद्धभत्ता बढाउँछु भन्दा आफूलाई साउनअघि नै ढाल्ने प्रयास हुने छुद्र टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्दा । आपत्ति लाग्छ भने फेरि मैले भन्दिन्छु, आपत्ति लाग्छ भने सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ । अब यो बूढाबूढी पनि हेर्न थाल्यो, यसरी अन्धा अपांग पनि हेर्न थाल्यो, यो सरकार त छिटो हटाउनुपर्यो, साउन १ गतेदेखि त फेरि बढाएर लागू गर्ने भनिसक्यो… अब मान्छेहरूलाई अर्को छटपटी सुरु हुन्छ, निद्रा लाग्दैन ।’

आफ्नो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौं । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौं ।

रेल किनेर ल्याएको अस्ति नै हेरिसक्नुभएको छ !

प्रधानमन्त्री ओलीले अब सरकारले आफ्नै रेल किनेर ल्याएर किनेर छिट्टै सञ्चालन गरिने बताए । उनले भने, हामीले उत्तर–दक्षिण रेलको कुरो ग¥यौं । हामीले केरुङ–काठमाडौं रेल, काठमाडौं रक्सौल रेलको कुरा ग¥यौं । पूर्वपश्चिम रेल अब छिटै शिलान्यास गर्दैछौं पूर्वबाट ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘अहिले कतिपय ठाउँमा बाटोहरु बनिराख्या छ । राइट अफ वे स्पष्ट गरिया छ । त्यहाँ क्षतिपूर्ति दिने अधिग्रहण गर्ने कामहरु भइराख्या छ । रेल ल्याएर आफ्नै रेल अब किनेर छिटै नै सञ्चालन गरिँदैछ ।’ओलीले भने, ‘रेल किनेर ल्याएको अस्ति नै तपाईहरुले हेरिसक्नुभएको छ । रेल किनेर ल्याइसक्या छ । सञ्चालनको तारतम्य हामी मिलाउँदैछौँ ।’
-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...