Friday 16th October 2026

मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्। पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्।

यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।
‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने। तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो। ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्‍याउन हुन्न,’ उनले भने। सरकारले विकास निर्माणका काम गरिरहेकोले आफूमाथि प्रहार केन्द्रीत रहेको ओलीको दाबी थियो।

‘विकासको बाटोमा तीब्र गतिले अगाडि बढेका छौं। त्यसैकारण देश, विदेशका तत्वहरू यस पार्टीलाई ध्वस्त पार्न कोशिस गरिरहेका छन्। लागेका छन्,’ उनले भने। उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै थपे, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ। तपाईंहरूले देख्नुभएको छ- सम्पूर्ण रूपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रीत छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...