Thursday 8th October 2026

यो लडाई लोकतन्त्र भर्सेस निरंकुशतन्त्रको हो: माधव नेपाल


तितोपाटी- नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरेका छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय ककर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेपछि यस्तो निश्कर्ष निकालेको बताए ।

उनले केपी शर्माओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्था आएको बताए । हिटलरले पनि लोकतन्त्रको भर्याङ चढेर अधिनायकवाद लादेको भन्दै त्यस्तो प्रवृत्ति नेपालमा रहनु नहुने बताए । ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन’ अध्यक्ष नेपालको भनाई छ ।

उनले सिंगो समाज ओलीप्रति आलोचक भएर सुझाव दिँदा पनि ओली समझदारीमा नआएको बताए । ‘ओली प्रवृत्ति आफ्नो पार्टीमा नझाँगियोस्, पार्टी राम्रोसँग अघि बढोस् भन्ने चिन्ता सवैमा छ । किन भने ठुलो त्याग तपस्याबाट मात्रै लोकतन्त्र आएको हो’ उनले केपी ओलीको भ्रममा परेकाहरुलाई आफ्नो नेतृत्वको नेकपामा आउन आग्रह गरे । ‘भ्रममा परेका साथिहरु आउनुस्, अझै समय छ, जिम्मेवारी लिनुस् । समय छँदै सहि निर्णय गर्नुभयो भने स्वागत गर्छौै’, अध्यक्ष नेपालको भनाई छ ।

उनले अहिले ओली प्रवृत्तिविरुद्धको लडाई पार्टीभित्रको समस्यामा मात्र सिमित नभई सिंगो राष्ट्रको समस्या रुपमा रहेको बताए । कार्यक्रममा पेसागत महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले संयुक्त प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपालले सूर्य चिन्ह र नेकपा नामको पार्टी प्रयोग गर्न पाउने अधिकार ओलीमा नभएको भन्दै पूर्व एमाले पनि व्युँतिन नसक्ने बताए । अध्यक्ष् नेपालले सर्वोच्चले प्रस्ट व्याख्या आएको भन्दै यसले नेपाली जनताको जित भएको बताए । ‘सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जित भयो’ अध्यक्ष नेपालको भनाई छ ।

उनले ओलीले फेरि सरकार बनाउन नदिने योजनामा लागेको तथा संकटकाल लगाउने हल्ला फैलाएको भन्दै मुख्य सचेतक देव गुरुङलाई हटाएको समेत सुनिएको बताए । तर ओलीलाई त्यो अधिकार नै नभएकाले ओलीले हटाउँदैमा गुरुङ मुख्य सचेतकबाट नहट्ने दावी गरे ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...