Friday 25th September 2026

मेनपावर कम्पनीलाई दिने सेवा शुल्क नतोकिएको मागपत्र प्रमाणीकरण नहुने


तितोपाटी- कतारस्थित नेपाली दूतावासले नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी)लाई उपलब्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणीकरण नगर्ने भएको छ ।

दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो । उक्त व्यवस्था यही मार्च १ तारिखदेखि लागु गरिएको दूतावासले जनाएको छ ।
सेवा शुल्कसम्बन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

–बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...