Sunday 14th September 2025

मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो


तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको विमानले शनिबार १७ नेपालीको शव काठमाडौं ल्याएको हो ।

शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाई बुझाइएको छ । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्दै आएको छ ।

मृतक परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव नेपाल ल्याइएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो ।


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् भने उनलाइ केही बेरमा सपथ खुवाउने कार्यक्रम रहेको छ । उनलाई…

जेएन जी को दुई माग मध्ये ओली सरकारले राजीनाम अघि एउटा पुरा गरिसकेको थियो । अर्को माग करप्सन को हो…

इजरायलले बुधबार यमनी राजधानी साना र उत्तरी प्रान्त अल-जौफमा आक्रमण गरेको थियो, हुथी मिडियाले आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...