Saturday 10th October 2026

ओलीले कुर्सी भाँच्छु भन्थे संविधान नै भाँचिदिए : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीबाट संविधान र लोकतत्र धरापमा परेको बताएका हुन्।

‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्‍यो भने कुर्सी नै भाँचेर छोड्छु। हामीलाई कुर्सी मात्र भाँच्नुभयो भने त अर्को बनाउँला भन्ने लागेको थियो,’ प्रचण्डले भने,‘तर, उहाँले त संविधान नै भाँच्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँच्ने छाँट आयो। अब कसरी सहने?’

उनले लोकतन्त्रमा सबैले बहुमतको सम्मान गर्नुपर्ने बताए। ‘लोकतन्त्रको कखरा भनेको बहुमत हो,’ उनले भने, ‘बहुमतलाई सबैले मान्नैपर्छ, नभए दुनियाँ चल्दैन।’ बहुमत नभएका बेला आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको उल्लेख गर्दै उनले केपी ओलीले जनतामाथि घात गरेको बताए। उनले नेता माधव कुमार नेपाल, झलनाथ खनालले समेत बहुमत नरहेपछि सजिलै राजीनामा दिएको तर अहिले ओलीले सत्ताका लागि जनतामाथि घात गरेको बताए।

फरक प्रसंगमा उनले केहीदिनअघि भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता पनि नाटक भएको ठोकुवा गरे। ‘अस्ति जी न्युजलाई ओली दिएको अन्तर्वार्ता नाटक हो। नाटक भएको भन्ने कुरा आज प्रमाणित भइसक्यो। त्यही जी न्युजले हाम्रो एभरेस्टको नाम फेर्ने रे! यो के नाटक देख्दैछौं तपाईं हामी,’ प्रचण्डले भने।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...