Sunday 1st November 2026

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा सर्वसाधारण र प्रहरीबीच झडप


तितोपाटी- सिंहदरबारको मुल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा भद्रकालीमा सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी केही सर्वसाधारण सामान्य घाइते भएको बताइएको छ । निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको प्रहरीले बताएको छ ।

आज देशभर २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । सोही क्रममा सिंहदरबारको मुलगेटस्थित उनको शालिकमा माल्यार्पण गर्न र्यालीसहित जाने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको हो ।

२९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्‍याली निकालिएको छ । तर, शालिक भएको स्थानमा निशेधित क्षेत्र घोषणा गरिएकाले सर्वसाधारणको भीडलाई रोकिएको र सोही क्रममा सर्वसाधारण आक्रोशित हुँदै प्रहरीमाथि आक्रमणमा उत्रिएको बताइएको छ ।

आक्रोशित सर्वसाधारणले प्रहरीविरूद्ध नाराबाजी गर्न थालेपछि सम्भावित घटनाको अवस्थालाई दृष्टिगत गरी अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...