Sunday 18th October 2026

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा सर्वसाधारण र प्रहरीबीच झडप


तितोपाटी- सिंहदरबारको मुल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा भद्रकालीमा सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी केही सर्वसाधारण सामान्य घाइते भएको बताइएको छ । निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको प्रहरीले बताएको छ ।

आज देशभर २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । सोही क्रममा सिंहदरबारको मुलगेटस्थित उनको शालिकमा माल्यार्पण गर्न र्यालीसहित जाने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको हो ।

२९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्‍याली निकालिएको छ । तर, शालिक भएको स्थानमा निशेधित क्षेत्र घोषणा गरिएकाले सर्वसाधारणको भीडलाई रोकिएको र सोही क्रममा सर्वसाधारण आक्रोशित हुँदै प्रहरीमाथि आक्रमणमा उत्रिएको बताइएको छ ।

आक्रोशित सर्वसाधारणले प्रहरीविरूद्ध नाराबाजी गर्न थालेपछि सम्भावित घटनाको अवस्थालाई दृष्टिगत गरी अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...