Saturday 10th October 2026

छायाँकनमा ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’


कोरोना कहर यथावत रहेपनि कलाक्षेत्रका बिभिन्न गतिबिधिहरु भने सुचारु हुन थालेका छन् । फिल्म हल खुलेसँगै फिल्म तथा टेलिशृङ्खलाहरुको छायाँकनले गति लिन थालेका हुन् । यस्तैमा गोपाल ढकाल ‘छन्दे’को मुख्य भुमिका रहेको हाँस्य टेलिशृङ्खला ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’को पनि छायाँकन सुरु भएको छ । बुधबारबाट छायाँकन सुरु भएको शृङ्खला काठमाडौँको काभ्रेस्थली भेडीगोठ क्षेत्रमा छायाँकन भैरहेको कलाकार गोपाल ढकालले बताए ।

टेलिभिजन तथा यूट्युवबाट एकसाथ बाहिर ल्याउने उदेश्यले निर्माण भइरहेको श्रृंखलाले समसामयिक तथा पारिवारिक विषयवस्तु कथाको रुपमा उठाएको छ । एसकेएस फिल्मस्को प्रस्तुतिमा निर्माण थालिएका, गीता नेपाल ‘दाउरी’को लेखन रहेको शृङ्खला ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् ।

शुभेच्छा थापा, विद्या कार्की, विशाल पहाडी, गोपाल ढकाल ‘छन्दे’, सुशिला निरौला ‘बिम्ली’, गीता नेपाल ‘दाउरी’, पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाललगायतको अभिनय शृङ्खलामा रहनेछ । शृङ्खलाका छायाँकार राजु श्रेष्ठ हुन् ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...