Thursday 22nd October 2026

दुईदिने नेपाल भ्रमण पुरा गरि हर्षबर्धन स्वदेश फिर्ता


तितोपाटी- भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुईदिने नेपाल भ्रमण पुरा गरि स्वदेश फर्केका छन । उनी शुक्रबार अपरान्ह नयाँ दिल्ली फर्केका हुन । नेपालमा रहदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिव स्तरीय वार्ता भएको थियो । वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत प्रमुख दलका नेताहरुसँग छलफल गरेका थिए । शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन । उनको भ्रमणपछि एकबर्षदेखि रोकिएको नेपाल भारतविचको औपचारिक छलफल अघि बढ्ने विश्वास गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...