Saturday 10th January 2026

पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना पुष्टि


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका छन् ।
त्यस्तै, ३ हजार ४३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या २ लाख नाघेको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएर निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।
अहिलेसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर गर्दा २ लाख २२ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...