Sunday 18th October 2026

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित


तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना कर्मचारी सङ्क्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।

संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ । डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।

त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ ।

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै सङ्क्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।

जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ ।रासस


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...