Wednesday 21st January 2026

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा बाइडेनको अग्रता कायमै


तितोपाटी- अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्। फक्स न्युजका अनुसार कूल ४८.६ प्रतिशत मत गणना भइसक्दा बाइडेनले ४९.८ प्रतिशत मत प्रतिशत मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत प्राप्त गरेका छन्।

कूल ५३८ इलेक्टोरल कलेजमध्ये बाइडेनले २२७ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २०४ इलेक्टोरल मत प्राप्त गरेका छन्।
सवैभन्दा धरै ३८ इलेक्ट्रोल कलेज टेक्सासमा छ। यहाँ जित हासिल गर्नुको अर्थ लगभग चुनाव जित्नु जस्तै मानिन्छ। यहाँ सन् १९७६ देखि डेमोक्रेटिकले जितेका छैनन्। जसले धेरै मत ल्यायो, उसैले यी सबै इलेक्ट्रोरल कलेज प्राप्त गर्नेछ। ७८ प्रतिशत मत गणना हुँदा ५२ प्रतिशत ट्रम्पले पाएका छन् भने ४६.६ प्रतिशत बाइडेनको छ।

त्यस्तै दुवै पक्षबीच कडा टक्कर भएको भनिएको फ्लोरिडामा भने ५२ प्रतिशत मत गणना हुँदा ६९.४ प्रतिशत मत बाइडेन र २८.८ प्रतिशत ट्रम्पले पाएका छन्।
बिबिसीका अनुसार बाइडेन डेलावर, मेरिल्याण्ड, म्यासाचुसेट्स, न्युजर्सी र डिस्ट्रिक्ट अफ कोलम्बियामा अगाडि देखिएका छन्।

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने वेस्ट भर्जिनिया, ओक्लाहामा, टेनेसी, इण्डियाना र केन्टुकी राज्यमा जित्ने अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...