Friday 30th October 2026

मनको अध्यक्ष बन्नु ठूलो कुरा होः करिश्मा


नायिका करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा लामो समय बिताएकी छिन् । कुनै समय चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी करिश्मा अहिले चलचित्र निर्माणमा पनि सक्रिय छिन् । करिश्माले चलचित्रमा पनि फाट्टफुट्ट काम गरिरहेकी छिन् ।

चलचित्र क्षेत्रमा लामो समय अनुभव बटुलेकी करिश्मा अब विभिन्न संस्थाको नेतृत्वमा जानुपर्छ भन्ने टिप्पणी पनि नभएको होइन । करिश्माले राजनीतिक यात्रा पनि सुरु गरेकी थिइन् । तर, राजनीतिबाट सन्तुष्ट नभएपछि करिश्माले आफ्नो रोकिएको पढाइलाई अगाडि बढाइन् ।

उनै करिश्मा हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’को दोश्रो सिजनको अध्यक्ष बनेकी छिन् ।

कमेडी क्लबको अध्यक्ष बनेपछि खुशी देखिएकी करिश्माले भनिन्–‘म मनको अध्यक्ष भएको छु । मुन्द्रेको अनी सबै दर्शकको मनको अध्यक्ष भएको छु, यो ठूलो कुरा हो ।’

कार्यक्रम संचालक जितु नेपालले कोही चलचित्र विकास बोर्डको अध्यक्ष, कोही राष्ट्रिय सभाको अध्यक्ष, कोही प्रतिनिधी सभामा पुग्दा मुन्द्रेको कमेडी क्लबको अध्यक्ष बन्नुपर्यो भनेर मन दुखेको त छैन भनेर प्रश्न सोधेका थिए । करिश्माले आफू मनको अध्यक्ष बनेको भन्दै भनिन्–‘मानिसको जीवनमा उतारचढाव भैराख्नुपर्छ । उतारचढाव भएन भने जीवन निरश हुन्छ । नयाँ नयाँ कुराहरु हामीले प्रयास गर्नुपर्छ । म यसमा सफल हुन्छु भन्ने मैले आशा राखेको छु ।’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...