Wednesday 13th August 2025

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु


थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्।पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ।

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्।जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो।अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्। उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ।

सोमबार बिहान ९:४१ मा अपरेसनमार्फत् शिशु निकालिएको डा. सुवेदीले बताए।अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए।पहिलोपटक गर्भवती तामाङले पाँच शिशुलाई एकैसाथ जन्म दिँदा चिकित्सक पनि छक्क परेका छन्।‘यो निकै दुर्लभ घटना हो, मैले चाहिँ नेपालमा पाँच शिशु जन्मेको थाहा पाएको थिइनँ,’ सुवेदीले भने।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...