सुशील बस्याल- सुचनाको हक सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा बेद युवा सुमुहको आयोजनामा “सुचनाको पहुचको महत्त्व” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा युवा समुहका युवाहरुको क्षमता र नेतृत्व बिकासका लागि युवाहरुलाई नेतृत्व बिकास तालिम पनि दिइएको हो । अबका दिनमा युवा समुहले “तपाईंको माक्स खोइ” अभियानलाई निरन्तरता दिने, प्रथम पटक महिनावारि हुदा छाउपडी गोठमा बस्नु पर्ने बाध्यता हटाउन अभियान चलाउने साथै युवा नेतृत्व बिकासका लागि तालिम र अभिमुखिकरण कार्यक्रम सन्चालन गर्ने योजनाहरु रहेको समुहका अध्यक्ष बरुण बस्यालले जानकारी दिनु भयो ।
स्थानिय स्तरमा युवाहरुले आफ्नो सुचनाको हक प्रयोग गरि चासो राख्ने बानीको बिकास गराउन यस कार्यक्रमले सहयोग पुर्याउने कुरामा उहाले जोड दिनु भएको छ । कार्यक्रम हिजो असोज १२ गते सोमबार बगनासकाली युवा सुचना केन्द्रको भवनमा आयोजना गरि सम्म भएको हो ।