Monday 12th October 2026

बार्सिलोनाका मेस्सी सन २०२० का सर्वाधिक कमाउने फुटबलर


तितोपाटी – बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर
३. नेयमार– ९ करोड ६० लाख डलर
४. केलियन एमबापे– ४ करोड २० लाख डलर
५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर
६. पउल पोग्बा– ३ करोड ४० लाख डलर
७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर
८. गेराथ बेल– २ करोड ९० लाख डलर
९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर
१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र…

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

प्रतिकृयाहरू
...