तितोपाटी – खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन भएको संकेत दिने गयास भेटिएको जनाएका छन् । भेटिएको ग्यासको नाम फस्फिन हो । यो एउटा यस्तो अणु हो जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ । शुक्र ग्रहको ५० किलोमिटर माथि रहेको वादलमा त्यो ग्यास भेटिएको ।
धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।
फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।
वैज्ञानिकको समूहले शुक्रमा जीवन सँग सम्बन्धित ग्यास भेटए पनि जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले शुक्र गहको वादलमा वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएकोले त्यहाँ जीवनको सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।-बीबीसी