Friday 6th March 2026

ओली–प्रचण्डको प्रस्तावमा घनश्यामको टिप्पणी – ब्रेन ट्युमरको बिरामीलाई टाउकोमा तेल


विभाजनको दुर्घटनाबाट बचेको नेकपाले सर्वसम्मतिमा १५बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार स्थायी कमिटी बैठक सकेको छ । पार्टी एकतालाई बलियो बनाउने सैद्धान्तिकसहितका प्रस्ताव पारित गर्दै ७९ दिनमा बैठक सकिएकाे हाे।बैठक प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा केन्द्रित भएपछि अध्यक्ष ओली र प्रचण्डले ३० साउनमा ६ सदस्यीय कार्यदल बनाएर हल खोज्ने प्रयास गरेका थिए । कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर ओली–प्रचण्डले तयार पारेको प्रस्ताव पारित गर्दै बैठक सकिएको हो ।

यता स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्षहरूको प्रतिवेदनले ब्रेन ट्युमरको बिरामीलाई टाउको दुख्दा सञ्चो बनाउने नुरानी तेल धस्ने कोसिस गरेको कडा टिप्पणी गरेका छन् । ‘यो प्रस्ताव ब्रेन ट्युमर भएको बिरामीलाई निको बनाउन नुरानी तेल लाएजस्तै हो । साना छँदा टाउको दुख्यो, मर्क्यो, नाक, कान दुख्दा गाउँघरतिर नुरानी तेल लगाइन्थ्यो, अलिअलि गनाउँथ्यो । अहिले ब्रेन ट्युमरको बिरामीलाई त्यही तेल लगाएर सञ्चो बनाउन खोजिँदै छ,’ भुसालको टिप्पणी उद्धृत गर्दै एक नेताले भने ।

भुसालले दोस्रो विश्वयुद्धपछि थुप्रै मुलुकमा जनवादी क्रान्ति भए पनि दलाल पुँजीवादसँगको आत्मसमर्पणकै कारण समाप्त भएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा पनि त्यस्तो खतरा देखिएको औँल्याएका थिए ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...