Wednesday 7th October 2026

२८ र ३१ तारिक कुवेतबाट जानेहरुले पिसिआर गर्नु नपर्ने,होटल क्वारेन्टाइन अनिबार्य-दूताबास


हरि कृष्ण न्यौपाने -कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सले आगामी अगष्ट २८ र ३१ तारिक गर्ने दुई वटा चार्टर उडानहरुमा जाने यात्रीहरुले कोरोना परिक्षण (पिसिआर)गर्नु नपर्ने र उनिहरुले अनिबार्य होटल क्वारेन्टाइन बस्नु पर्ने नेपाली राजदूताबास कुवेतले जनाएको छ।
नेपाली राजदूताबासका अनुसार सेप्टेम्बर पछी गरिने उडानहरुमा अन्य देशहरुबाट जस्तै यहाँको सम्बन्धित निकायहरु संग समन्वय गरि पिसिआर अनिवार्य गर्न सकिने र उनिहरु सिधा होम क्वारेन्टाइन जान सक्ने सम्भाबना भए पनि अहिले अगष्ट २८ र ३१ का दुई उडानमा भने यो सम्भावना छैन।एक त समय पर्याप्त छैन भने अर्को कुरा एउटै उडानमा कसैले पिसिआर गर्ने र कसैले नगर्ने गर्दा त्यो पनि त्यति सुरक्षित नहुन सक्छ।त्यसैले नेपाल एयरलाइन्स संग टिकट लिदानै यात्रीहरुले सरकारले तोकेको मध्येबाट सात दिनको होटल क्वारेन्टाइन अनिबार्य गरिएको छ।
यसरी जाने यात्रीहरुले नेपालमा अनिबार्य पिसिआर गर्नु पर्ने भएकोले दोहोरो खर्च हुन्छ।साथै केही प्राबिधिक कारणबस उडान रद्द भएमा ७२ घन्टाको समयबधीका कारण उक्त पिसिआर रिपोर्टले काम नगर्ने हुदा आगामी दुई उडानमा फर्किने सबै यात्रीहरुलाई पिसिआर परिक्षण नगर्न नेपाली राजदूताबासले सबैलाई आग्रह गरेको हो।साथै आगामी उडानहरुको बारे कुनै प्रकृयाहरुमा परिबर्तन आएमा दुताबासले सुचना मार्फत जानकारी गराउने बताएको छ।
टिकटका लागि अस्मिता सुबेदि मोबाइल नं-९८४९३२१३८५(भाइबर/ह्वाट्सप समेत) वा नेपाल एयर्लाइन्सको अफिसमा आफ्नो परिवारको सदस्य पठाएर वा न्यूरोड काठमान्डौं फोन नं-०१-४२४८६२५ मा सम्पर्क गर्न सक्नु हुनेछ।थप जानकारीका लागि नेपाली राजदूतावास कुवेतको हटलाइन नं-९८८६९१२१ सम्पर्क गर्न सक्नु हुनेछ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...