Tuesday 17th June 2025

शवबाट काेराेना भाइरसकाे संक्रमण सर्दैन- स्वास्थ्य मन्त्रालय


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ। शवले हाछ्यूँ नगर्ने र श्वास नफेर्ने भएकाले संक्रमण नसर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र संक्रमण सर्ने उनले बताए। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ।

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

चीनले आफ्नो पाँचौं पुस्ताको J-20 स्टिल्थ लडाकु विमानको क्षमतामा ठूलो प्रगति भएको दाबी गरेको छ, र विगत दुई दशकमा अर्धचालक…

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा…

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

प्रतिकृयाहरू
...