Friday 30th January 2026

पर्सामा मेयरसहित थप ५२ जना संक्रमित


वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् । यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४÷४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १÷१ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । शनिबार ५२ जना थपिएसंगै पर्सामा संक्रमितको संख्या ९४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।  पर्सामा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाको मृत्यु भइसकेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो  ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...