Friday 11th September 2026

दाङमा थप एक जनामा कोरोना संक्रमण, ४५४ पुगे संक्रमित


तितोपाटी- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक बिहीबार थप एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।

संक्रमित व्यक्ति घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी प्रतिष्ठानले दिएको छ। उनी सम्बन्धित सरकारी निकायको सम्पर्कमा रहेको समेत प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको अपडेटमा ४ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिइएको थियो।

प्रतिष्ठानमा हालसम्म १ हजार ५४ जनाको परीक्षण गरिएपनि २ सय ९० जनाको रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएका ७ सय ६४ मध्ये तीन जनाको पोजेटिभ आएको हो।-नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...