Friday 16th January 2026

सार्क राष्ट्रबीच आज भिडियो कन्फ्रेन्स


तितोपाटी- विश्वलाई आतङ्कित पार्दै गएको कोरोना भाइरससँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज (२ चैत)मा भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत् समाधानका उपाय खोज्नेछन् । आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा प्रत्यक्ष प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा छलफल गर्ने बताइएको छ ।
भारतका प्रधानमन्त्री मोदीको प्रस्तावअनुसार सबै सार्क राष्ट्र प्रमुखहरूले भिडियो कन्फ्रेन्समा सहभागिता जनाउनेछन् ।
सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट प्रतिवद्धता जनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...