Saturday 11th April 2026

विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा कोरोना संक्रमणको महामारी घोषणा


तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले आफूहरूको गम्भीर चासो र चिन्ता रहेको समेत उल्लेख गरेका छन्।

‘विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिन्छ,’ उनले भनेका छन्।

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ। एजेन्सी


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...