Sunday 8th March 2026

राजनिति दिन प्रतिदिन नकारात्मक माध्यम बन्दैछ।


जयनारायण थारु- यहाँ प्रश्न नियत र नियतिको छ,न समाजवादि लोकतन्त्र , न पुजिवादि लोकतन्त्र, न साम्यवादी लोकतन्त्र, न बहुलवादी लोकतन्त्रको आभास, न बैकल्पिक बिचार र सिधान्तको कदर , मिचमाच पेलपाल, ठेलठालको राजनीतिक ब्यवहार अब कहिले सम्म ? लोकतान्त्रिक गण्तन्त्रात्मक ब्यवस्थामा बिश्वास गर्ने कि ? कि पेलपाल ठेलठाल ब्य्वस्थामा? टुडि खेलमा सुगा झै कराएर देश बिकाश र समृद्धी हुदैन। म सत्तामा आएपछि मात्र देश बन्छ भन्ने होडबाजि छ , समयको रफतारलाई बुझि राख्नु भएको छैन हाम्रो देशको राजनितिज्ञ नेतृत्वहरुले , नेपामा राजनितिक सबै भन्दा बढि उपभोग बनाएको छ ।

मूल्यवृद्धि रोक्न सक्दैनन्।बजारभाउ नियन्त्रण गर्न सक्दैनन्।कालोबजारी रोक्न सक्दैनन्। बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सक्दैनन्। जनताई शान्ती सुरुक्षाको आभाष दिलाउन सक्दैनन्।भ्रष्टाचार, दलाली, घूसखोरी र कमिसनखोरि हरुको बिगबिगी छ ,प्रतेक नेपालीको थाप्लोमा ३७ हजार ३ सय २ रुपैया ऋण पुगेको छ ।

इतिहास देखि नै र नेपाल र नेपाली जनता माथि कुनै न कुनै वाद (सिधान्त) वा शासन ब्य्वस्थाको नाम खेलवड भएको र भैइरहेको यथार्त छ ।
नेपाली राजनीतिमा धेरै खाले वाद र साशन ब्य्वस्थाको अभ्यास भए जस्तै-जहानिया राणा साशन, शाह बंशीय निरङ्कुश राजतन्त्र, बहुदलिय राजतन्त्र, गणतन्त्र हुदै सङ्घिय लोकतान्त्रिक गणत्रान्तमक ब्यवस्था सम्म पुग्दा आज जनताले कुनै वास्तविक जीवनमा परिवर्तनको अनुभूति भएको पाइदैन तर जुनसुकै परिवर्तन भए पनि नेतृत्वमा पुग्ने नेता भन्नेहरु र उनीहरुका परिवार तथा नातागोता नेतृत्वमा पुगे र तिनिहरु नै मालामाल र परिवर्तन भएका छन् ,जसलाई तलब र भत्ता पचाउन र आफ्ना आफन्त लाई बिभिन्न पद थपेर रोजगार उपलब्ध गराई दिन-दहाडै भ्रस्ट गरेको अख्तियारले देख्दैन, पत्रकारले लेख्दैन, प्रहरीले समाउदैन न अदालतले कानुनि कठघरामा उभियाउन सक्छ , तेसैले अकुत सम्पत्ति आर्जन गर्न हौसला मिलेको छ ।  देश संघियता लोकतान्त्रिक गणतन्त्रात्मक गइसके पनि पुरातनवादी र यथास्थिति बादि सोच हट्न सकेको छैन । नया नेपालको बिकास र समृध्दिको बाटोमा अएपनि देशमा बिकाश र अमन चयन भएको छैन , जनस्तरमा धेरै दबाब र त्राश सिर्जना दिनानुदिन बढ्दै गएको छ।

हाल नेपालको दुईतिहाईको सरकार छ! हेर्दा खेरि देशमा जनताको क्रान्ती नै भएको जस्तो लाग्छ ! तर यस्तै खालको रवैयाले गर्दा वर्तमान सरकार नै पतन हुने सृङ्खला हो कि जस्तो लाग्न थालेको छ,आम जनमानसमा
राजनितिक सङ्ग बिचारधार , सिधान्त , कार्य योजना लाई पुर्ण रुपमा जनता सङ्ग तुलनात्मक पद्धतीबाट लागु गर्नु पर्दछ । राजनितिक मुलुक र जनताको हितको निम्ती हुनु पर्दछ , ता कि आफ्नो ब्यक्तीगत स्वार्थ भन्दा माथि उठेर राजनितिक तवरबाट रास्ट्रलाई समृध्दि र शक्तीशाली रास्ट्रनिति सहित आगाडि बढाउनु पर्दछ ! जनतालाई सङ्ग सङ्गै लगेर राजनितकलाई रास्ट्रको बिकास र जन बिसवासको माध्यम बनाउनु पर्दछ , रास्ट्रका नितिहरु जस्तै प्ररास्ट्र निति , कृषिनिति ,स्वास्थ्यनिति , शिक्षानिति, सुरुक्षानिति, रोजगारीनिति , बिकास निति ,आर्थिक नितिमा सबै रजनितिज्ञको धारणा सम्म्पान गर्दै प्रज्ञावान (बिद्धावान) एवम spritual ब्यक्तीत्व हरुको नेपालको राजनितिकमा खाचो र सहज बतावरणको बनाउनु पर्छ , राजनितिक लाई दिन प्रति दिन नाकारात्मक माध्यम बनाउदै छ । देश भित्र रहेको राजनितिक कर्मी र राजनितिक पार्टी हरुमा बृद्धतन्त्र बाबुतन्त्रको परिपाटिलाई अन्त्य गर्दै नया प्रगतिशील अनुहारको हातमा सुम्पिनु जरुरी छ , एउटै ब्यक्ती पार्टीको अध्यक्ष ,सत्ताको प्रमुख रहने र आजिवन पदमा रहेने र राज्यको अभिन्न अङ्ग हरुमा आसेपासे प्रणालीले प्रगतिशील क्रान्तीकारि उत्तराधिकारी निर्माण र निरन्तर प्रगती र क्रान्तीको प्रश्न लाई कसरि समाधन गर्न सकिन्छ , जनताको जनवाद र रास्ट्रीयताको प्रसन लाई ठिक ढङ्गले सन्योजन गर्दै देश भित्र र देश बाहिर बर्गीय तथा राजनैतिक अन्तर बिरोधहरुलाई सही ढङ्ले समाधन गर्दै राजनैतिक दृढ्ता र ठोस कार्यनितिक अनुसार देशलाई बिकास र समृध्दिको बाटोमा अगाडि बढाउन सकिन्छ ।
जनताका विविधता सहितका गुणहरूको सम्मान साथ आत्मसाथ गर्नुपर्छ र समानतालाई सहकार्य र कार्यन्यवयनमा रुपान्तरण गर्नुपछ अनि मात्र सम्भव छ बिकास र समृध्दि आउने दिन हरुमा तसर्थ राजनितिकलाई ब्यथिति बनाउनु हुन्न । राजनितिलाई निस्वार्थ देश र जनातामा समर्पित हुनु पर्दछ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...