Friday 11th September 2026

दुई राप्रपाबीच एकीकरणको सहमती


तितोपाटी- दुई राप्रपाबीच एकीकरण गर्ने सहमति भएको छ। शनिबार साँझ अबेर गरी कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीहरण गर्ने सहमति बनेको हो।

सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, र राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका छन्। पार्टी एकीकरण गर्ने निर्णय भएको राप्रपा अध्यक्ष थापाले ट्विट गर्दै जानकारीसमेत दिएका छन्। आगामी ६ महिनाभित्र महाधिवेशन गर्ने र सो समयसम्मका लागि तीनै जना अध्यक्ष रहने समेत सहमतिमा हस्ताक्षर भएको छ।

राजसंस्थासहितको प्रजातन्त्र र सापेक्ष हिन्दुराष्ट्रमा सहमत हुँदै दुवै पार्टी एक हुने भएका हुन्। एकीकरणको औपचारिक घोषणा भने फागुन २८ गते हुनेछ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...